Loading...
Logo

कोरोना संक्रमितको संख्या १० लाख जना नाघ्यो, मृत्यु हुने ५३ हजार

काठमाडौँ, चैत २१ गते शुक्रबार । विश्‍व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्‍वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।

पहिलो ३ महिनामा संक्रमितमध्ये ३ प्रतिशतको मात्रै मृत्यु भएकोमा अहिले संक्रमितमध्ये ५.३ प्रतिशतको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको कारण मृतकको संख्या करिव ५३ हजार पुगेको छ । जसमध्ये पछिल्लो १ दिनमा ५ हजार ८ सय जनाको मृत्यु भएको हो ।

संक्रमण अहिले पनि देखिएका विरामी ७ लाख ४९ हजार रहेका छन् जसमा ३७ हजार ७ सय गम्भिर अवस्थामा रहेका छन् । हालसम्म २ लाख १२ हजार जना पूर्णरुपमा ठिक भएका छन् ।

स्रोत: Shilapatra.com

Comments