Loading...
Logo

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

मेरो अनलाइन

काठमाडौँ, चैत २४ गते सोमबार । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । 
आज बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । यो संगै अधिकारी नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बन्नुभएको छ । 
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वअर्थसचिव डा. राजन खनाल र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो । त्यसै मध्ये अधिकारीलाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो । 

स्रोत: मेरो अनलाइन

Comments