# Recent News
- नेपाली किसानका लागी खुसीको खबर, गाँजा खेतीबारे अध्ययन गर्दै सरकार
- बागमती प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक
- आजदेखि देशभर मतदाता नामावली संकलन कार्य पुनः सुरु
- ताराप्रसादको कविता तथा मुक्तक संग्रह "ताराबाट झरेका फूलहरु" सार्वजनिक
- काठमाडौंको काँडाघारी चोकको अस्तव्यस्त सडक, सम्बन्धित निकाय मूकदर्शक
काठमाडौं, चैत्र २६ गते बुधबार । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।
विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने बताउनुभयो ।
स्रोत: Gorkhapatra Online
Featured News
Comments