Loading...
Logo
Image

हे कोरोना, तिमीलाई म कसरी सम्बोधन गरौं ?

हे कोरोना, तिमीलाई म कसरी सम्बोधन गरौं तिम्रो नामै कोरोना ।  
मानव जातिको किन यती धेरै रिस गरेको प्लिज अब तिमी आँफै मरन।।

तिमी त सुक्ष्म किरा हौ रे, कसैले तिमीलाई देख्दै देख्दैन । 
हेर त तिमीले गरेको बिचल्ली, मानव जाती घर बाहिर टेक्दै टेक्दैन।।

तिम्रो डर कस्तो तिम्रो नाम सुन्दै मानिस मर्छु कि भनेर टोलाउने । 
बम,गोला,बारुदसँग खेलेका मनिसहरु पनि तिमी जस्तो सुक्ष्म किरासँग डराउने ।।

अब त अती भयो कोरोना, बरु तिमी बार्तामा बस मध्यस्तकर्ता नेपालले गर्नेछ ।
डोनाल्ड ट्रम्पको कुरै नगर कोरोना, यत्रो क्षति हुँदा पनि घमण्ड गरे उ आँफै मर्नेछ ।।
  
म भन्दा शक्तीसाली कोही छैन भन्ने अमेरिका तिम्रो डरले थर्थर कापिँरहेछ । 
चाइनाले हात धुनु के भनेकोथ्यो सबै हात धुन ब्यस्त छन, डाक्टर भने बिरामीको ज्वरो नापिरहेछ ।। 

डाक्टर, नर्स, सुरक्षाकर्मी, संचारकर्मी, जनताले सेल्युट गर्नेछन तिमीलाई । 
यो बिषम परिस्थितीमा आफ्नै ज्यानको बाजी थापेर बचाउदैछौ हामीलाई ।।

२०७७ सालको सुरुवात, कोरोना तिमीबाट मुक्त हुनुछ । 
म त हिंडे है साथीहरु, फेरी एकचोटि मिचीमिची हात धुनुछ ।।       

  

 

Comments

KATHMANDU WEATHER