Loading...
Logo
Image

जापानमा यो वर्ष ओलम्पिक नहुने !

टोकियो, वैशाख ३ गते बुधबार । चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक– २०२० यो वर्ष नहुने भएको छ । चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले जापानमा तय भएको ओलम्पिक अर्काे वर्ष गर्ने निर्णय गरेको हो ।

ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाच र जापानी प्रधानमन्त्री सिन्जो आवेले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै टोकियो ओलम्पिक सार्ने निर्णय गरेको हो । आइओसी अध्यक्ष वाच र जापानी प्रधानमन्त्रीबीच मंगलबार साँझ कन्फ्रेस कल भएको थियो । सोही कन्फ्रेस कलबाट नै ओलम्पिक सार्ने निर्णय भएको हो ।

कन्फ्रेन्समा टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष मोरी यासिरो, ओलम्पिक मिनिस्टर हासीमोटो सेइको, टोकियो सरकारका कोइके युरीको, आइओसी कोर्डिनेसन कमिटिका प्रमुख जोन कोइटेस, आइओसी जनरल निर्देशक क्रिस्टोफे डि किपर र ओलम्पिक खेलका निर्देशक क्रिस्टोफे दुवीको उपस्थित रहेको थियो ।
अध्यक्ष वाच र प्रधानमन्त्री आवेले विश्व नै कोरोना भाइरस (कोभिड–१९) का कारण असामान्य रहेको यसले विश्वलाई नै प्रभाव पारिरहेको अवस्थामा ओलम्पिक आयोजना गर्न नसक्ने उल्लेख गरेको छ । विज्ञप्तिमा अब ओलम्पिक चार महिनापछि नै भएको अवस्थामा पनि खेलाडीको लागि तयारी पर्याप्त नहुने उल्लेख गरेको छ ।

बैठकले ओलम्पिकको मिति घोषणा नगरेपनि २०२१ को समरभन्दा पछि नजाने उल्लेख गरेको छ । ‘वर्तमान परिस्थितिमा विश्व स्वास्य संगठन (डब्लुएचओ) ले प्रदान गरेको जानकारी अनुसार कोरोना भाइरस रोकिने अवस्थामा छैन ।

आइओसी अध्यक्ष र जापानी प्रधानमन्त्रीबीच कन्फ्रेसमा यही विषयमा छलफल भएको छ । ३३औं ओलम्पिक सार्ने निर्णय भएको छ । तर, २०२१ को समरभन्दा पछि जाने छैन । ओलम्पिक खेलमा समावेश हुने सबै राष्ट्र र खेलाडीको स्वास्थ्य नै ठुलो कुरो हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि आइओसीका सदस्य डिक पाउन्डले ओलम्पिक अर्काे वर्षको समरमा सर्न सक्ने बताएको थियो । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरानबीच पनि जापान ओलम्पिक कमिटि र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णय गरिरहँदा चौतफी दवाव आएको थियो ।

आइतबार राति मात्रै आइओसीले तत्काल ओलम्पिक सार्ने समय नभएको र चार सातापछि ओलम्पिकको बारेमा निर्णय गरिने बताएका थिए । तर, आइओसीको यो निर्णयससँगै ओलम्पिकमा बढी पदक जित्न सक्ने राष्ट्र बेलायत, अष्ट्रेलिया र क्यानडाले यस्तै अवस्थामा ओलम्पिक आयोजना भए आफ्नो खेलाडी नपठाउने भन्दै चौतफी दवाव दिएका थिए । त्यसपछि नै आइओसी पछि हटेको हो ।

अब ओलम्पिक अर्काे वर्षको समरमा हुनेछ । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो । यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्काफ) ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो ।

स्रोत: nepalnewspost.com

Comments

KATHMANDU WEATHER