अब लकडाउन उलङ्घन गर्नेलाई थुनामा राखेर मुद्धा चलाइने
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई थुनामा राखेर कारबाही गर्ने निर्णय गरेको छ ।
संक्रमण बढीरहेको बेला उच्च सतर्कता अपनाउनु पर्ने भएकोले थप कडाइ गर्दै लकडाउन उलङ्घन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र अवरोध गर्नेलाई थुनामा राखेर मुद्धा चलाउने निर्णय गरेको हो ।
सिमा नाकाबाट लुकिछिपी आउनेलाई कानुन अनुसार कडा कार्वाही गरिने र त्यसरी आउन सघाउनेलाई पनि कानुनी कार्वाही गरिने निर्णय पनि बैठकले गरेको छ ।
लकडाउन उल्लङ्घन गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ब्यबस्था छ ।
Comments