लकडाउनमा 'सिते बा' को सिर्जना
मेरो अनलाइन
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । लकडाउनको समयमा घरभित्र रहंदा कतिले यसलाई अबसरको रुपमा लिएका छन् त कतिले समय गुजार्न मुस्किल भएको बताइरहेका छन् । कलाकार मधुसुधन पाठक अर्थात 'सिते बा' भने यो समयलाई फरक ढंगले सदुपयोग गरिरहेका छन् ।
बहुप्रतिभाका धनी 'सिते बा' दैनिक जसो काठमाडौंमा रहेको रेडियो मेरो एफ एम बाट कहिले 'सिते बा' बनेर त कहिले कार्यक्रम प्रस्तोताको रुपमा श्रोतासम्म पुग्छन् । कहिले टिकटक मार्फत आफ्नो बेजोड कला देखाउदै आफ्ना दर्शक सामु पुग्छन् त कहिले कबिता गजल मार्फत पाठक सामु पुगिरहन्छन् ।
यो फुर्सदमा परिवारलाई समय दिन पाएकोमा खुशी त छन् नै त्यो संगै फरक श्रृजना गर्न पाएकोमा झन दंग छन 'सिते बा' । यसै क्रममा भर्खरै 'सिते बा'को एउटा सिर्जना सार्वजनिक भएको छ ।
सिते बा को सिर्जना सिते बा कै आवाजमा
'सिते बा' को सिर्जना जस्ताको तस्तै :
कोरोना कसै गरेपनि भागेन
अहँ ! कसैको पनि केहि जाेड लागेन
किनकी कोरोना कसै गरेपनि भागेन ॥
ठुलाठुला हल महलमा बस्न रुचाउनेहरु
आज बन्धक झैं कोठामा थुनिएका छन् ।
भन्नलाई त ओखति पत्ता लगाउँछाैं भन्दैछन् तर,
बिकसित भनिएका देशहरूकाे पनि कठै केहि सीप लागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ॥
असहाय, अनाथहरुको अवस्था कति दयनिय र नाजुक छ ।
दीन दु:खी र मजदुरहरुको पनि बिजाेग र वेहाल भईसक्यो ।
अलमलिएका नेता र भाैंतारिएकाे सरकारहरुको के कुरा गर्नु र खै !
गणतान्त्रिक मुलुकका जनता पनि कोहि जागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ।।
झनझन त्रास पैदा गराउँदै छ प्रकृति
सुखदुःखले आर्जेको धनसम्पत्तिको त कामै रहेन अब ।
जस्तै आविष्कार गरे पनि मर्नु त छँदैछ सबै एकदिन
विज्ञानकाे चमत्कार र बैज्ञानिकहरुको त केहि लागेन ।
किनकी कोरोना कसै गरेपनि भागेन ॥
अहँ ! कसैको पनि केहि जाेड लागेन
किनकी कोरोना कसै गरेपनि भागेन ॥
- मधुसुधन पाठक (सितेबा)
Comments