Loading...
Logo
Image

प्रहरीलाई नटेरेपछि भैरहवामा सेना परिचालन

मेरो अनलाइन

बुटवल,बैशाख ४ गते बिहीबार । लकडाउन उल्लङ्घनकर्ताले प्रहरीलाई नटेरेपछि रूपन्देहीकाे भैरहवामा नेपाली सेना परिचालन गरिएको छ ।
प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको रुपन्देही प्रशासनले जनाएको छ ।

पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेकाले सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । भारतीय बजार सुनौलीलगायत खुल्ला सिमानाका कारण कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सेना परिचालनले सहयोग पुग्ने प्रशासनको विश्वास छ । 
लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा विनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई समेत गस्तीमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । 
अहिले सेनाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी, प्रेसबाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ । 
भारतीय बजार सुनौलीलगायत खुला सिमानाका कारण रुपन्देही कोरोना भाइरसकाे जोखिममा छ । भारतीय नागरिक पनि नेपाल प्रवेश गर्नसक्ने भन्दै सशस्त्र प्रहरी बलले समेत सीमामा सुरक्षा गस्ती बढाएको छ । 

Comments