Loading...
Logo
Image

लकडाउनको बेला घरमै बसेर गोरो बन्ने तरिका

काठमाडौं, बैशाख ५ गते शुक्रबार । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन तपाइँहामी सधै प्रयासरत हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहारमा चमक ल्याउन कुनै कसर छोड्दैनौं ।

अनेक किसिमका क्रिम, पाउडर लगायतका चिजहले अनुहारका साथै छालामा नकारात्मक असर पनि गरिरहेको छ । अहिले लकडाउनको बेला छ हामी सबै घरमै छौं । यस्तो बेला अनुहार र छालाको स्याहार गर्ने समय प्रशस्तै हुन्छ ।

हाम्रो घरमा सजिलै पाइने तथा खानेकुराले पनि छालाको गोरोपना बढाउनमा धेरै भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरुले हामीलाई प्राकृतिक रुपमै गोरो बनाउन मद्दत गर्छन् ।

हामीसँग भएकै घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौं । गोरो बन्न यस्ता घरेलु सामान प्रयोग गर्न सकिन्छ । 

मह

महमा हुने भिटामिनले छाला गोरो बनाउन मद्दत गर्छ । अनुहारमा मह लगाएर २ मिनेट जति मसाज गरेर करिब १५ मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

घ्यूकुमारी

टमाटर वा घ्यूकुमारीको रसलाई अनुहारमा दलेर केही मिनेट मसाज गर्ने र २० मिनेटपछि पखाल्ने ।

दूध वा दही

दूध वा दहीमा भएको तत्वले गोरो बनाउन मद्दत गर्छ । अनुहारमा दूध वा दहीले मसाज गर्ने र केही समयपछि मनतातो पानीले धुने ।

कागती

कागतीमा गोरो बनाउने तत्व हुन्छ। कागतीको रसलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने र पखाल्ने ।
यसका साथै,


यदि छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउँदा छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।

एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।

टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यसले पनि छालालाई गोरो बनाउन सहयोग मिल्छ ।

काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ । कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

२ चम्चा काँक्राको रसमा १ चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ ।

स्रोत: Shilapatra.com बाट सभार

Comments

KATHMANDU WEATHER