Loading...
Logo
Image

कोरोनाको विश्वब्यापी महामारी र हाम्रो भूमिका

मेरो अनलाइन

हामी सबैलाई थाहा भएकै कुरा हो अहिले विश्व नै कोरोना भाईरस (कोभिड १९)को महामारीको चपेटामा परेको छ । हरेक सेकेण्ड केही ब्यक्ति संक्रमणमा परी रहेका छन् र केही मिनेटमा केही ब्यक्तिको ज्यान गैरहेको अवस्था छ । यो महामारिको समयमा सबैको उत्तिकै दायित्व र कर्तब्य हुन आउँछ । एक स्वास्थ्यकर्मीको नाताले यो महामारीको सामना गर्न र यसबाट बच्न  तथा बचाउन हामीले अपनाउनु पर्ने केहि सुझावहरु प्रस्तुत गर्न चाहन्छु।            

विश्व स्वास्थ्य संगठन (WHO) तथा अन्य विभिन्न राष्ट्रहरुमा भएको अध्ययन अनुसर कोभिड-१९ रोग खोकी हाछ्युँ वा सास फेर्दा निस्कने स-साना कणहरुबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। तसर्थ यसबाट बच्नका लागि 'social distancing' (२ मिटर) को अवधारणा विश्वब्यापी रुपमा पालना भइरहेको छ र यो एउटा उतम विकल्प हो, यसमहामारीबाट बच्न र बचाउनका लागि। यो बाहेक विभिन्न देशहरुमा भएको अध्ययन अनुसार यो भाइरस हावामा,अन्य वस्तुहरु जस्तै प्लास्टिक,अन्य धातु तथा कागजमा पनि केहि घण्टा बाँच्न सक्ने देखिएको छ। त्यसकरण अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने र बारम्बार हात राम्रो संग साबुन पानीले धुने बानी बसाल्नु पर्दछ। त्यस्तै बजारबाट किनेर ल्याएका सामानहरु पनि तातो पानी र साबुनले धोएर मात्र 'रेफ्रिजेरेटर' मा राख्नु पर्दछ। 
अन्य केही राष्ट्रहरुमा भएको अध्ययनबाट प्राप्त नतिजा अनुसार 'BCG' खोप अनिवार्य रुपमा लगाइने देशहरुमा कोभिड-१९ को संक्रमण दर र मृत्युदर कम देखिएकोछ। यो पनि एउटा कारण हुन सक्दछ हाम्रो देशमा यसको संक्रमण कम देखिएको तर पनि हामी सदैव सचेत रहनु आवश्यक छ र हाम्रो जस्तो देशमा सकेसम्म धेरै भन्दा धेरै व्यक्तिमा परिक्षण गरी 'पोजिटिभ' आएका व्यक्तिहरुलाई 'आइसोलेसन' मा राख्नु पर्दछ। अहिले विश्वमा विभिन्न किसिमका परिक्षण गर्न 'टेस्ट किट' हरु उपलब्ध भइरहेको अबस्थामा हामीले हाम्रो आवश्यकता अनुसारको कम मुल्य र समयमा नतिजा आउन सक्ने उपाय अबलम्बन गर्नुपर्ने देखिन्छ। जति धेरै व्यक्तिमा परिक्षण गर्न सक्यौ त्यतिनै यो रोगको संक्रमण दर घटाउन उपयोग सिद्ध हुन सक्छ । 

तसर्थ कोभिड-१९ बाट बच्न 'social distancing', साबुन पानीले २० सेकेण्ड सम्म राम्रोसँग हात धुने  र आफ्नो सम्पर्कमा आएका बस्तुहरुलाई धोइ पखाली गरी उपयुक्त तरिकाले उपयोग गर्नु भन्दा उत्तम बिकल्प अरु हुन सक्दैन । त्यस बाहेक आँखा, मुख नाकमा हात नलैजाने, बारम्बार स्यानिटाइजरको प्रयोग गर्ने, खोक्दा, हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, ज्वरो आएमा, खोकी लागेमा चिकित्सकसँग परामर्श लिने ,संक्रमित ब्यक्तीको नजिक नजाने र लकडाउनको पूर्ण पालना गर्नाले  कोभिड-१९ को संक्रमणबाट जोगिन सकिन्छ ।  कोभिड-१९ को महामारीबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔ ।           
 

रामचन्द्र सेढाई
पाँचखाल-११, काभ्रे । 
हाल: टोरोन्टो, क्यानाडा ।         

Comments

KATHMANDU WEATHER