खर्च कटौती गरेर राष्ट्रपति कार्यालयले फिर्ता गर्यो साढे ९ करोड
मेरो अनलाइन
काठमाडौं, बैशाख ५ गते शुक्रबार । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट खर्च कटौती गरेर साढे ९ करोड रकम सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ती जारी गरी जानकारी दिनुभएको छ ।
Comments