# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

मेरो अनलाइन
गाईघाट, बैशाख ६ गते शनिबार । उदयपुरको भुल्केमा रहेको मस्जिदमा रहेका भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण भए पछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ नै सिल गरेको छ ।
सो क्षेत्रमा कसैलाई पनि घर बाहिर निस्कन तथा आवतजावत गर्न दिएको छैन।
त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६०० को हाराहारीमा मुसलमान समुदायको बासोबास रहेको छ । उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार र्यापिड टेस्ट किट सहितको टोली आज पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।
त्यहा फेला परेका संक्रमितलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ। भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको बताइएको छ।
Comments