Loading...
Logo
Image

‘चीनले विशेष उद्देश्यले बनाएको थियो कोरोना भाइरस’

वैश्विक महामारीका रूपमा संसारभर कोरोना भाइरस फैलिरहेको छ । चीनमा कोरोना भाइरस संक्रमित हुनेको संख्या दुई अंकमा सीमित भइसकेको छ । तर पनि कोरोना भाइरसका विषयमा चीन र अमेरिकाबीचको द्वन्द्व भने अझै रोकिएको छैन ।

यसै क्रममा १ अमेरिकी समाचार च्यानलले चीनले वुहानको एक प्रयोगशालामा चीनले कोरोना भाइरस बनाएको र यसको विशेष उद्देश्य रहेको दाबी गरेको छ ।

अमेरिकी च्यानल फक्स न्युजले बिहीबार एक रिपोर्टमा चीनले कोरोना भाइरस वुहानको प्रयोगशालामा पैदा गराएको दाबी गरेको छ । सो च्यानलले चिनियाँ वैज्ञानिक अमेरिकी वैज्ञानिकभन्दा कुनै मामिलामा पछि नरहेको प्रस्ट पारेकाे बताएको छ ।

रिपोर्टमा चीनले कोरोना भाइरस बनाएर खतरनाक भाइरस बनाउन सक्ने र अमेरिकाको तुलनामा त्यसलाई छिटो नियन्त्रणमा पनि लिन सक्ने प्रमाणित गर्ने कोसिस गरेको उल्लेख गरिएको छ । फक्स न्युजले कोरोना भाइरस बनाउने चीनको अहिलेसम्मको गोप्य र महँगो योजना भएको दाबी गरेको छ ।


सूत्रको हवाला दिँदै डाक्टरको प्रयास र यो भाइरसको सुरुवाती समयमा नै ल्याबमा रोक्न खोजेको सम्बन्धित दस्तावेज अध्ययनबाट पत्ता लाग्ने दाबी गरेको छ । जसमा प्रमुख कुरा वुहानको बजारमा चमेरा बिक्री नहुने र यसैबाट कोरोना मानिसमा फैलिएको दाबीलाई मानिएको छ ।

सो च्यानलले भनेको छ, ‘कोरोना भाइरस फैलिएपछि चीनले अर्को चाल चल्यो । उसले जानीबुझीकनै पशुबजारबाट भाइरस फैलिएको बतायो, ताकि ल्याबमा भाइरस बनाउने आरोप छोपियोस् । चीन यसकाे माध्यमबाट अमेरिका र इटालीलाई निशाना बनाउन सकिन्छ भन्ने समेत जान्दथ्यो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार मात्रै वुहानको ल्याबबाट कोरोना भाइरस दुर्घटनावश मानिसमा फैलियो र जानीजानी हो भन्ने कुरा पत्ता लगाएर छाड्ने दाबी गरेका थिए । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि भाइरस कसरी फैलियो भन्ने कुराकाे जवाफ चीनले दिनुपर्ने बताएका थिए ।

चीनको प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपपछि चीनले कोरोना भाइरस चीनले नबनाएको प्रस्ट पारिसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस वुहानको ल्याबमा बनाएको कुनै प्रमाण नरहेको बताइसकेको छ । संसारभरमा करिब २२ लाख मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको छ ।

यसअघि अमेरिकामा चीनले गोप्य रूपमा परमाणु परीक्षण गरेको हुनसक्ने बताएको थियो । अमेरिकाको यस्ता दाबीले चीन–अमेरिका सम्बन्धमा थप तनाव सिर्जना हुन सक्ने अनुमान गरिएको छ ।

स्रोत: Shilapatra.com बाट सभार

Comments