Loading...
Logo
Image

विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार, मृत्‍यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

अमेरिकामा मात्र ४२ हजार बढीको मृत्‍यु

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २४ लाख ८१ हजार २६ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ७० हजार ४ सय २३ जनाको मृत्‍यु भएको छ । 
वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ४२ हजार ५ सय १४ जनाको मृत्‍यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या  ७ लाख ९२ हजार ७ सय ५९ पुगेको छ भने त्यहाँ ७२ हजार ३ सय ८९ जना उपचारपछी घर फर्किएका छन् । 
भाइरसबाट इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८ सय ५२ जना पुगेको छ ।  फ्रान्समा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ । बेलायतमा १६ हजार ५ सय ९ जनाको मृत्‍यु भएको छ ।
 
स्पेनमा संक्रमितको संख्या २ लाख नाघिसकेको छ भने इटालीमा यो संख्या १ लाख ८१ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ५५ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४७ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख २४ हजार भन्दा माथि पुगिसकेको छ ।   
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments