- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं, बैशाख ९ गते मंगलबार । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।
खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो ।
विभागका महानिर्देशक केशवकुमार शर्माले गौशाला–चाबहिल सडक खण्डको निर्माण कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार, गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण सुरु गरिएको हो । यसै महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘सब–बेस’, ‘बेस’ र कालोपत्रे गरी तीन चरणमा यो सडक खण्डको निर्माण गरिने छ । यो सडक खण्ड निर्माणका लागि कालिका÷बेदाङ्सी (जेभी) र सडक विभागबीच सम्झौता भएको हो । १८ करोड रुपियाँमा यो सडक खण्डको निर्माण हुन लागेको हो । गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्ड ‘वाई’ आकारको छ ।
‘यस सडक खण्डमा खानेपानी पाइप चुहिएका कारण धुलो र हिलोको समस्या देखिएको छ, महानिर्देशक शर्माले भने यो समस्या समाधान नभएसम्म सडक निर्माणको कुनै अर्थ हुने छैन, त्यसैले पाइप मर्मतसम्बन्धी ठेक्कासमेत सडक विभागबाट नै गरिएको छ ।’ ‘सडकमुनि रहेका खानेपानी पाइपहरूलाई मर्मत गरी सडक छेउमा लगिने छ, सडकबीचमा रहेको ठूलो पाइपमा समस्या देखिएको छैन, यो पाइप सार्नु पर्दैन ।’ सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले गौशाला–चाबहिल सडक खण्डको निर्माणका लागि जनशक्ति र उपकरणको व्यवस्थापन भई गिट्टी–बालुवा ढुवानीको काम सुरु भइसकेको जानकारी दिए ।
-
2 years ago
तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
-
2 years ago
जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
-
3 years ago
राजधानीका सडक रङरोगनले चिटिक्क
Comments