- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं, बैशाख १८ गते बिहीबार । कोरोना भाइरसको उपचारका लागि औषधिको प्रभावकारितालाई लिएर नयाँ आशा जागेको बताइएको छ । यसअघि असफल भयो भनिएको रेमडेसिभियर औषधिको परीक्षण नतिजा सकारात्मक देखिएको हो ।
यो औषधिको प्रयोग इबोलाका बिरामीमा गरिसकिएको छ । संसारका ७५ प्रतिशत अस्पतालमा गम्भीर रुपमा बिरामी एक हजार जनालाई यो औषधि दिइएको थियो ।
जसमा प्लेसिबोको तुलनामा रेमडेसिभियर औषधिबाट ३१ प्रतिशत बढी बिरामी निको भएका छन् । यो औषधिको नतिजा आउन ११ देखि १५ दिनको समय लागिरहेको छ ।
वैज्ञानिकले यो औषधि प्रभावकारी बन्न सक्ने बताएका छन् । रेमडेसिभियर औषधि दिएका ८ प्रतिशतको भने मृत्यु भएको छ भने प्लेसिबो औषधि दिइएका ११ प्रतिशतको मृत्यु भएको पाइएको छ ।
रेमडेसिभियर आमेरिकी कम्पनी गिलिएडले निर्माण गरिरहेको छ । यद्यपि यो औषधि कोरोना विरामीमा प्रभावकारी भएको पुष्टि गर्नका लागि थप तथ्यांक आवश्यक रहेको बताइएको छ ।
वैज्ञानिकहरुले यो औषधि गम्भीर रुपमा बिरामी भएकाहरुका लागि प्रभावकारी बन्न सक्ने बताएका छन् । संसारभरका अस्पतालहरुमा यसको परीक्षण भइरहेको छ । चीनमा यो औषधिको प्रयोग असफल भएको थियो ।
तर त्यसबेला यसको परीक्षण सुरुवाती चरणको र कममा गरिएको बताइएको थियो । नयाँ परीक्षण यूएस नेशनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजले गरेको हो ।
अमेरिकी संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले यसको परीक्षणको नतिजा सकारात्मक देखिनु खुसीको कुरा भएको बताएका छन् ।
लण्डनको एमआरसी ट्रायल युनिटका निर्देशक प्राध्यापक महेश परमारले भने, ‘रेमडेसिभियरको अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो परीक्षण हो । यसको नतिजाले आशा देखाएको छ । यसको तथ्यांक र नतिजाको समीक्षा आवश्यक छ ।’
-
8 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments