# Recent News
- पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल
- तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
- नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
- पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक
- जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

काठमाडौं, बैशाख १८ गते बिहीबार । भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको आज उपचारका क्रममा निधन भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।
Featured News
-
-
7 months ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments