Loading...
Logo
Image

नसा सम्बन्धी समस्या के हो ? कसरी छुटकारा पाउने ?

मेरो अनलाइन 

काठमाडौं, वैशाख २१ गते आइतबार । 

धेरै मानिसहरुले नसा भन्नाले शरिरमा रक्तप्रवाह गर्ने माध्यम वा रक्तनलीलाई मात्र नसा भनेर बुझेको पाइन्छ । वास्तवमा रक्तप्रवाह गर्ने नलीलाई रक्तनली वा ब्लड भेसल्स भनिन्छ । अर्को प्रकारको नसा भनेको हामी जसलाई स्नायु (नर्भ) भन्दछौं । 

हाम्रो शरिर सञ्चालनको केन्द्रिय कार्यालय भनेको ब्रेन हो । सेन्ट्रल नर्भ सिस्टमबाट शरिरका विभिन्न अंग सम्म पेरिफेरल नर्भ फैलिएका हुन्छन् । ती सेन्ट्रल नर्भ सिस्टमको निर्देशन अनुसार हरेक अंग चलेका हुन्छन् । सेन्ट्रल निर्देशनलाई हरेक अंगसम्म पु¥याउने माध्यम चाहि पेरिफेरल नर्भ सिस्टम हो ।

उदाहरणको लागि जस्तै हामीले आँखा देखिरहेका छौं वा कानले सुनिरहेका छौं । ब्रेनमा आँखा वा कानलाई नियन्त्रण गर्ने इकाई हुन्छ । त्यो इकाई (युनिट) बिग्रिएमा वा अक्षम भएमा हामी आँखा देख्न वा कान सुन्न सक्दैनौं । 

यद्यपी कान वा आँखा सकुशल नै रहन्छ, केवल ती अंग नियन्त्रण गर्ने केन्द्रिय इकाई मात्र अक्षम भएको हो ।

छोटकरीमा भन्नुपर्दा नसा रोग भनेको स्नायु प्रणाली (नर्भ सिस्टम) सँग सम्बन्धित समस्यालाई जनाउँदछ ।
रोगहरु :
- प्यारालाइसीस, 
-नसा च्यापिएर हुने समस्या, 
-नसा कमजोर भएर सुक्ने, 
-दिमागको नसा सुक्दै जाने, 
-मुख बाङ्गिने, 
-कानको नसा सुक्दै जाने आदीले स्नायु प्रणाली (नर्भ सिस्टम) सँग सम्बन्धित समस्यालाई जनाउँदछन ।


स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी रोग लाग्न थालेमा केही लक्षणहरु देखिन सक्छ  ।
लक्षणहरु :
- हातखुट्टा झमझमाउने, 
-पोल्ने, 
-लाटो हुने, 
-लुलो हुने, 
-मासु सुक्दै जाने, 
-शरिरको कुनै अंगको कार्यक्षमतामा ह्रास हुने, 
-रिङ्गटा लाग्ने, 
-कुनै अंगमा दुखाईको अनुभव हुन सक्छ । 
यस्ता समस्या भएमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी रोग लागेको अनुमान गर्न सकिन्छ ।

मेरो अनुभवमा करिब १ दशक अगाडि सम्म प्रायः स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी बिरामी ४०-५० वर्ष कटेका भेटिन्थे । आजकल कलिलै उमेरका व्यक्तिहरुलाई यो समस्या देखिएको छ । यो संख्या बढ्दो छ । प्रमुख कारण ३ वटा छन; आहार, बिहार र विचार । 

आहार भनेको तपाइको खानपिन, विहार भन्नाले शारिरिक कसरत र विचार भन्नाले वैचारिक सन्तुलनलाई बुझिन्छ । 
यी ३ ओटा कुराको सन्तुलन नभएमा रोग लाग्दछ । 

अहिलेको पुस्तामा सन्तुलित दिनचर्या नभएकाले यो अवस्था सिर्जना भएको होला जस्तो लाग्छ । अस्वस्थकर जीवनशैलीले विकराल परिस्थिति सिर्जना गरिरहेको छ । फलतः ५० वर्षमा लाग्ने रोग करिब २०-२५ वर्षको कलिलो उमेरमा नै देखिएको छ ।

यदि स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी समस्या भएको व्यक्ति ३ महिना वा ६ महिना भित्र उपचार गर्न आएमा अती चांडै निको पार्न सकिन्छ । दशकौं वर्ष पुरानो एकदम जटिल भएमा मात्र गाह्रो हुने हो । समयमै आउने हो भने त स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी सवै समस्या  अती चांडै निको पार्न सकिन्छ । 

विश्वमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी समस्या भएमा अकुपञ्चर सवैभन्दा उत्तम विकल्प मानीएको छ । हामीले हाम्रो व्लु लोटस हस्पिटलमा स्नायु प्रणाली (नर्भ सिस्टम) सम्बन्धी समस्याको उपचार गर्न अकुपञ्चरको विशेषज्ञ (MD) बाट अकुपञ्चर गर्दछौ । 

अन्य हस्पिटलमा अप्रेसन गर्नु भनेका सयौं बिरामी हामीले बिना अप्रेसन निको बनाएका छौं । रोग लागे पछी जति छिटो बिरामी आयो त्यति सजिलै निको पार्न सकिन्छ ।

अकुपञ्चरमा मास्टर्स (MD) गर्ने पहिलो नेपाली भएको नाताले पनि देश र जनताको सेवा गर्न नेपाल फर्केको हो । बिरामीलाई निको बनाएर घरमा पठाउनु मेरो कर्म हो । जुनसुकै प्रकारको बिरामी भए भने पनि समयमै भेटें भने निको पार्छु जस्तो लाग्छ, आजसम्म सफल भइराखेको छु । 

हामीले हाम्रो हस्पिटलमा अकुपञ्चरको विशेषज्ञ (MD) बाट मात्र सेवा दिन्छौं । अकुपञ्चर टिममा सबै अकुपञ्चर विशेषज्ञ (MD)  मात्र हुनुहुन्छ । यस्तो सुबिधा नेपालको अरु हस्पिटलमा लगभग भेटिदैन ।

(डा. कर्माचार्य नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ हुनुहुन्छ। उहांले बिगत १० बर्ष देखी ब्लु लोटस हस्पीटलमा नसा सम्बन्धी रोगको बिशेष उपचार गर्दै आईरहनु भएकोछ ।)
 

Comments