Loading...
Logo
Image

बैशाख २५ गतेपछि बिद्यार्थी भर्ना शुरु गरिने

काठमाडौं,बैशाख २२ गते सोमबार । सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो ।


२५ गतेेसम्म लकडाउन भएकोले यो अवधिमा विद्यार्थीको नतिजाको काम सक्ने र त्यसपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने  शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले जानकारी दिए ।

भर्ना गरिए पनि लकडाउन खुल्ने बित्तिकै कक्षा सुरु नहुने उनले बताए ।

लकडाउन खुलेको भोलीबाटै कक्षा शुरु गराउन नसकिने बताउँदैै उनले भने, ‘विद्यार्थी, अभिभावक, र शिक्षक सबैको स्वास्थ्य सुरुक्षा नभएसम्म कक्षा सुरु गर्न सकिदैँन ।'

लकडाउन लम्बिदै जाँदा कतिपय विद्यालयले भने अनलाइन कक्षा शुरु गरेका छन् ।

Comments