- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, बैशाख २२ गते सोमबार । २५ गते पछि बिद्यार्थी भर्ना गर्ने चर्चा चलिरहदा सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी तत्काल कुनैपनी कक्षामा नयाँ भर्ना नगर्न नगराउन र भर्नाको नाममा शुल्क नलिन निर्देशन दिएको छ । साथै अनलाइन पठनपाठन नगर्न पनि भनिएको छ ।
‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसँम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्नू नगराउनुका साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिन सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी भर्ना सुरु गर्न निजि विद्यालयले दबाब दिँदै आएका थिए । २५ गतेपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फि विरोध भएको थियो ।
Comments