- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, बैशाख २३ गते मंगलबार । काठमाडौं, ललितपुर र भक्तपुरका मेयरहरुले काठमाडौं उपत्यकालाई पूर्ण रूपमा सिल गर्न संघीय सरकारलाई दबाब दिएका छन् ।
काठमाडौं उपत्यकाका मेयरहरुले उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर काठमाडौं उपत्यकालाई सिल गर्न माग गरेका हुन् ।
काठमाडौं उपत्यकाका अहिलेसम्म ग्रीन जोनमा रहेपनी निरन्तर खुल्ला रुपमा मानिस आउने जाने क्रम बढेकोले संक्रमणको जोखिम बढेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । 'अहिले लकडाउन भनिएको छ तर लकडाउनजस्तो पनि भएको छैन । यहाँबाट बाहिरिनेहरू बाहिरिइरहेका छन्, भित्रिने भित्रिइरहेका छन्,' मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनकुमार श्रेष्ठले भने ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनकुमार श्रेष्ठले संयुक्त रूपमा सरकारलाई काठमाडौं उपत्यकालाई पूर्ण रूपमा सिल गर्न आग्रह गरेका हुन् । अहिले उपत्यका सुरक्षित रहे पनि कमी कमजोरी भएमा समस्या निम्तिन सक्ने र ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्ने उनीहरूले बताए ।
देसभर लकडाउन भएपनी उपत्यकाबाट आउने जाने क्रम भने रोकिएको छैन ।
Comments