Loading...
Logo
Image

दुई महिने शिशु सहित एकैपटक १७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ गते बुधबार ।  नेपालमा दुई महिने शिशु सहित एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।
 
राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार थप १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Comments