- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं, बैशाख २४ गते बुधबार । काभ्रेको पनौती नगरपालिका–७ ले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ । मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘यस वडा समितिको २३ वैशाख २०७७ मा बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेचविखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अधयक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ।
७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ । वडा कार्यालयले नेवारी जातिको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ।
यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातिलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए । त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन्।
-
3 years ago
के हो पैसा ? हेर्नुहोस् भिडियो ।
-
3 years ago
अब सेना परिचालन गरिन्छः गृहमन्त्री
-
3 years ago
अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ?
Comments