
मेरो अनलाइन
काठमाडौं, बैशाख २८ गते आईतबार । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ ।
यो बिचमा धेरै पटक लकडाउन खुल्ने आसयका समाचारहरु पनि बाहिर आए । सर्वसाधारणले पनि लकडाउन खुल्ने आशा गरेका थिए तर कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन भन्दा अरु बिकल्प नभएपछी चैत्र ११ गतेबाट निरन्तर लकडाउन कायम नै छ र पछील्लो समय थपिएको अवधी जेठ ५ गतेसम्म कायम छ ।
सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेर केही सरकारी लगायत बैंक तथा बित्तिय कार्यालय खुल्ला गरेर सेवा प्रदान गर्ने निर्णय गरेसंगै काठमाडौंका बिभिन्न ठाउँंमा आज बिहान सवारीको जाम नै भएका दृष्यले सबैलाई चकित बनायो । आजको दृष्यले काठमाडौंमा अघोषित रुपमा लकडाउन हटिसकेको हो कि भन्ने चर्चा समेत चल्न थालेको छ ।
photo: Onlinekhabar
Comments