
काठमाडौं, बैशाख २९ गते सोमबार । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
Featured News
Comments