Loading...
Logo
Image

आज ५७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९१ पुग्यो

 

काठमाडौं, बैशाख ३० गते मंगलबार । नेपालमा एकै पटक ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । 

संक्रमितहरू कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, बाराका १ जना र बाँकी सबै पर्सा जिल्लाका हुन् । योसँगै कूल संक्रमितको संख्या १९१ पुगेको छ । निको भएर घर फर्किनेको संख्या भने ३३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबै स्वास्थ्य सामान्य रहेको छ । उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Comments