Loading...
Logo
Image

आज मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं, बैशाख ३० गते मंगलबार । नेपालमा आज मात्र ७४ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ ।

यसअघि आजै दिउँसाे काठमाडाैं  ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे  । फेरि  १७  जनामा संक्रमण थपिएसंगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ । १७ जनाको विबरण  आउन बाँकी छ । 

हालसम्म उदयपुर, पर्सा, बाँके, कपिलवस्तु, रुपन्देही, काठमाडौंमा, कैलालीमा, रौतहट, बारा  बागलुङ, चितवन र झापामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा समेेत संक्रमण पुष्टि भएको छ । 

आज संक्रमितहरुमा पत्रकार र स्वास्थ्यकर्मी समेत रहेका छन् । नेपालमा पहिलोपटक पत्रकार र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको हो ।

बिज्ञहरुले संक्रमितको संख्या १०० पुगेसंगै जोखिम बढ्ने बताइरहेको बेला  संक्रमितको संख्या लगातार बढिरहेको छ । काठमाडौमा आवतजावत बढेकोले उपत्यका पनि उच्च जोखिममा रहेको बिज्ञहरुले बताएका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या भने ३३ जना छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य छ । 

Comments