
काठमाडौं, बैशाख ३० गते मंगलबार । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको छ । साथै जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या तिब्र रुपमा बढेसंंगै गृहले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायत व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सरकारी कर्मचारीलाई पनि पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
Featured News
Comments