Loading...
Logo
Image

जनस्वास्थ्य विज्ञ भन्छन् संक्रमितको संख्या बढ्यो भनेर नआत्तिनुस्

आज ५७ र १७ गरी ७४ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसँगै नेपालमा २ सय ८ जनामा संक्रमण देखिएको छ । ३१ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा १ सय ७७ जना संक्रमित रहेका छन् । झट्ट हेर्दा १ दिनमा ७४ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन ।

  • विगत ६ दिनयता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् । उनीहरू नेपाल आएपछि क्वारेन्टाइनमार्फत् परीक्षणमा गएका हुन् । यदि उनीहरू नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो । उतै संक्रमित भएर आएका हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् । यद्यपि, यो संख्या अझ बढ्नेछ ।
  • नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा उताका नेपालीलाई भारतले क्वारेन्टाइन र परीक्षण र उपचार गर्ने अनि यताका इन्डियनलाई नेपालले क्वारेन्टाइन राख्ने, परीक्षण र उपचार गर्ने सहमति भएको कुरा मिडियामा आएको थियो । नेपालले भारतीयलाई यहीँ परीक्षण तथा उपचार गरेको छ, उता जान दिएको छैन । तर, भारतबाट संक्रमित नेपालीलाई नेपाल आउन दिएको प्रति यथेष्ट ध्यानाकर्षण हुनु जरुरी छ ।
  • नेपालले आफ्ना सीमावासीलाई राहत दिएर सुरक्षाकर्मीसँग संयुक्त गस्ती गर्ने र ठाउँठाउँमा सीसीटीभी राख्ने तथा सुरक्षाको अर्को तह थप्नु जरुरी देखियो ।
  • अझै पनि नेपाल आन्तरिक रूपमा सुदृढ छ । लकडाउनको व्यवस्थापन गर्ने हो भने अझै पनि डर मान्नुपर्ने अवस्था छैन । तर, विगत १० दिनयता जसरी संक्रमित क्षेत्रबाट मान्छेको आवत भएको छ । यसलाई उतैबाट नरोक्ने हो भने सहरी क्षेत्रमा संक्रमण फैलिने खतरा हुन्छ । शहरी क्षेत्रमा संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ । तसर्थ, सरकारले संक्रमित क्षेत्रबाट हुने आवतजावतलाई पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
  • लकडाउनलाई परिणाममुखी बनाउन विभिन्न चरण अपनाउनुपर्ने हुन्छ । मान्छेको भीडभाड कम गर्ने उपायहरू अपनाउनुपर्छ । मजदुरलाई आवासीय रूपमा काममा लगाउनुपर्छ । परीक्षणको दायरा व्यापक रूपमा बढाउनुपर्छ । विज्ञहरूको टास्क फोर्स बनाउनुपर्छ ।
  • कोरोना संक्रमण नियन्त्रणको माइक्रो म्यानेजमेन्ट हुन सकेको छैन । विपद्को बेलामा सम्पूर्ण जनता, सरकार, पार्टी तथा मिडिया एकजुट भएर काम गर्नुको विकल्प छैन । सबैका दृष्टिकोणलाई मानव जीवनको रक्षार्थ सदुपयोग गर्नुपर्छ ।
  • हामी नागरिक विना काम घरबाहिर निस्कने नगरौँ । घरबाहिर जाँदा अनिवार्य रूपमा मास्क, चस्मा, पञ्जा तथा आउटर लगाउने गरौँ । साबुन-पानीले पटक पटक हात धुने गरौँ । न्यूनत्तम २ मिटरको व्यक्तिगत दूरी कायम गरौँ ।
  • नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । १ जनालाई पनि आईसीयूमा राख्नुपरेको छैन । १ जनालाई पनि भेन्टिलेटरमा राख्नुपरेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ, डर नमानौँ, सतर्क बनौँ । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ ।
स्रोत: Shilapatra

Comments