- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौ, बैशाख ३१ गते बुधबार । भक्तपुरका २ जना महिला र काठमाडौंका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा बुधबार थप २६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै बुधबार मात्र संक्रमितको संख्या ८३ पुगेको छ ।
थप संक्रमित हुनेहरुमा महोत्तरीमा १८, धनुषा, भक्तपुरमा २/२, काठमाडौं र सर्लाहीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीय पुरुष, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार धनुषाका २० वर्षीया महिला, ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला, २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
योसहित नेपालमा संक्रमितको कुल संख्या २ सय १७ पुगेको छ । दैनिक उपत्यका भित्रिने यात्रु र उपत्यका भित्रै बढेको आवतजावतले उपत्यकामा पनि जोखिम बढाएको छ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments