
काठमाडौं, जेठ १ गते बिहीबार । नेपालमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर काेभिड अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नवलपरासी पूर्वका एक व्यक्तिमा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित व्यक्ति देवचुली नगरपालिका-१२ निवासी ४९ वर्षीय पुरूष हुन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुगेकाे छ ।
Featured News
Comments