
काठमाडौं, जेठ १ गते बिहीबार । आज फेरि काठमाडौंमा थप १ जना सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।
Featured News
Comments