Loading...
Logo
Image

नेपालमा पनि आयो कडा आदेश, भाग्यो भने गोली ठोक्ने

काठमाडौं, जेठ २ गते शुक्रबार । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट कोरोना भाइरस संक्रमित व्यक्ति भागेको विषयलाई लिएर पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रले कडा निर्णय गरेको छ । पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आवश्यकताअनुसार बल प्रयोग गर्न र यसका लागि सुरक्षा निकायलाई गोली चलाउनसमेत अधिकार प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले अस्पतालको आइसोलेसनबाट भागेका २ संक्रमितका विषयमा समीक्षा गर्दै अब संक्रमित भाग्न नदिन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउने र भाग्न खोजे बल प्रयोगका साथै गोलीसमेत चलाउने अधिकार प्रदान गरेको हो ।

यसैगरी, ३० वैशाखदेखि लागू भएको निषेधाज्ञालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, यसअघि कार्यालयबाट जारी भएका ई–पास खारेज गर्ने निर्णयसमेत गरेको छ ।

स्रोत: Shilapatra

Comments