- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं, जेठ २ गते शुक्रबार । कोरोना भाइरसका कारण राेजगारी गुमाएकाहरूलाई सरकारले रोजगारी दिने भएकाे छ । बेरोजगार युवालाई पूर्वाधार, उद्योग र निर्माण क्षेत्रमा परिचालन गरिने सरकारले जनाएकाे छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा जानेहरू पनि फर्किने अवस्थामा उनीहरूलाई स्थानीय पूर्वाधार, साना मझौला उद्योग, निर्माण क्षेत्रमा परिचालन गरिने बताएकी हुन्।
सीपयुक्त र दक्ष श्रमिक अभावको समस्या सम्बोधन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का सबै कार्यक्रमलाई एकीकृत रूपमा परिचालन गरिने उनले बताइन् । सबै स्थानीय तहमा घुम्ती तालिम सञ्चालन गरिने र विदेशमा सीप सिकेर फर्केका युवालाई उद्यम व्यवसाय सुरू गर्न सुरुवाती पुँजी उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments