
काठमाडौं, जेठ २ गते शुक्रबार । । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दाङका तीन जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।
Featured News
Comments