Loading...
Logo
Image

काभ्रेमा पनि कोरोना संक्रमित भेटियो, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं,जेठ ३ गते शनिबार। काभ्रेमा पहिलो कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

Comments