Loading...
Logo
Image

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, जेठ  ४ गते  आइतबार । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्याकासह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

Comments