# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ, जेठ ४ गते आइतबार। बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या २ पुगेको हो ।
शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।
नरैनापुरस्थित क्वारेन्टाइनमा आइतबार २५ वर्षीय युवाको मृत्यु भएको हो । रोजगारीका लागि भारतको मुम्बइ गएका उनी गत वैशाख ३० गते नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए ।
Comments