- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ, जेठ ५ गते सोमबार। बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो ।
बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बहराइनमा तीन हजार ९७३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।
बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् ।
बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।
बहराइन सरकारले सङ्क्रमण रोकथाममा थप प्रभावकारी बनाउन सङ्क्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा १० हजार बहराइन मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ ।
सङ्क्रमण नियन्त्रणमा नआउँदासम्मका लागि पाँच जना वा सो भन्दा कम सङ्ख्या मात्र भेला हुन पाउने व्यावस्था गरिएको छ ।
पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएको छ । दूतावासले बहराइनमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments