Loading...
Logo
Image

अपहरणको आरोप प्रमाणित गरेर देखाउन सांसद श्रेष्ठको चुनौति

काठमाडौं, जेठ  ५ गते  सोमबार ।  नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आफुमाथि लागेको सांसद  अहरणमा संलग्न भएको आरोप प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए ।

राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै पार्टी फुटाउने षडयन्त्रअनुसार सांसद सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्धा दर्ता गरेको छ । 

Comments