Loading...
Logo
Image

आज एकैदिन ६२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं, जेठ  ५ गते  सोमबार । आज एकैपटक ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।

आज एकै दिन बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नैनापुरमा रहेका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटा भने 'आज बाँकेमा ४६ जना पुरुष र १ जना महिला गरी कुल ४७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उहाँहरूको भेरी अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । '

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Comments