Loading...
Logo
Image

नेपालको नयाँ नक्सा आयो

काठमाडौं, जेठ ५ गते सोमबार । लिम्पियाधुरा समेटेको नेपालको नयाँ नक्सा मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा स्वीकृत गरेको हो । 

भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेश गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो । 

हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोबर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो ।

नेपालको संविधानको धारा ९ को उपधारा २ अनुसार अनुुसूची ३ मा संशोधन गरी निशान छाप सच्याउने बाटो खुला भएको छ ।

Comments