
काठमाडौं, जेठ ६ गते मंगलबार । थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये उपत्यकाका पाँच जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।
Featured News
Comments