
काठमाडौं, जेठ ७ गते बुधबार ।
काठमाडौमा नेपाल प्रहरीलाई पहिलो पटक कोरोना भाइरस देखिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएको हो ।
त्यहाँ कार्यरत नायब निरीक्षक र प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार २ जनामा कोरोना पोजिटिभ देखिएपछि अहिले कालिमाटी प्रहरी वृत्त सिल गरिएको छ ।
Featured News
Comments