Loading...
Logo
Image

नाजिर हुसेन र मेनुका प्रधान के गर्दैछन्? हेर्नुहोस्

हिजोआज नायक नाजिर हुसेन भोट माग्ने नेताहरुसँगै विभिन्न प्रश्न गर्दै हिड्न थालेका छन् । भोट हाल्नकै लागि विदेशको काम छोडेर नेपाल आएका हुसेन आफ्ना जनप्रतिनिधीहरुलाई भोट दिनुको कारण सोध्दै गाउँगाउँमा भोटको महत्व बुझाउँदै हिड्ने गर्छन ।

बाबुको अवरोधको वावजुत पनि भोटको महत्व बुझाउन दिनरात खटेका हुसेन एउटा भोटले पनि राष्ट्रपतिसम्म बनाउने र एक भोटको हारले मन्त्री पदसमेत खुस्किने बताउँदै बुझेर भोट दिन आग्रह गर्छन् ।

समाजमा भोट विक्री हुने गरेको र भोजभतेर र भाषणका भरमा भोट सर्वसाधारणले नबुझी दिने गरेको भन्दै यो प्रचलनलाई निर्मूल पार्न लागिपरेका हुन् ।

सामान्य किसान परिवारमा जन्मिएका हुुसेन काम गर्न विदेश पलयान भए तापनि भोट खासाल्न नेपाल आउँदा सबै प्रतिनिधिसँग भावी योजना खोज्दै हिड्छन् ।

घरेडियोमा काम गर्ने आरजे मेनुकासँग मिलेर गाउँका महिला तथा बृद्दलाई पनि उनीहरुको भोट सही नेतृत्वलाई दिनुपर्ने भन्दै नेतासँग प्रश्न सोधेर परीक्षा लिन आग्रह गर्छन ।

निर्वाचनको जनचेतना फैलाउँदै हिडेका नाजिर र मेनुकाको प्रेमले पनि निर्वाचनको चेतना जस्तै झांगिने मौका पाउँछ ।अन्तत भावि योजना र दिर्घकालिन योजना भएका नेतृत्व चयनका लागि भोट सान्तिपूर्वक सम्पन्न गर्छन् ।

यसरी भोेट खसाल्न आएका नाजिरले सक्षम नेतृत्व गर्ने जनप्रतिनिधीमात्र भेटेन्न सक्षम जिवनसाथी पनि भेटेका छन् । उनिहरु छिटै विहे गर्ने तयारीमा छन् ।

माथिको दृश्य चलचित्र एक भोटको सारांश हो । निर्वाचन आयोगको सहयोगमा निमार्ण गरिएको चलचित्र एक भोटमा भोटको महत्व दर्साइएको छ ।

५७ मिनेट २२ सेकेण्डको उक्त चलचित्रमा नाजिर हुसेन इन्द्रसिहं र मेनुका प्रधान मुनाको भूमिकामा प्रस्तुत भएका छन् ।

हेर्नुहाेस भिडियो

 

 

Comments

KATHMANDU WEATHER