जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए
जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिएका छन् । संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले त्यसको उद्घाटन गरेका थिए । स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् ।....