# Recent News
आज बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती काेराेना संक्रमित ३५ वर्षीय पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेकाे बताए।
धापासीस्थित ग्रान्डी अस्पतालबाट अहिले उनलाई टेकुकाे शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेकाे छ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी गरिएको छ।
स्रोत: Nepalkhabar
Featured News
-
8 months ago
चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा
-
8 months ago
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …
-
Comments