काठमाडौंको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको केही क्षेत्र सिल गरिएको छ । सोमबार सङ्क्रमितमध्ये टोखा नगरपालिकाको वडा नम्बर ३ र ६ का दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि ती वडाका २ ठाउँका केही घर सिल गरिएको हो ।
टोखा नगरपालिको वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका ती दुई ठाउँका केहि घर सिल गरिएको नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ३ मा ३ घर र वडा नम्बर ७ मा ८ वटा घर सिल गरिएको छ । पिसिआर रिपोर्ट आएपछि मात्र सो ठाउँ खुल्लल गरिने उनले जानकारी दिए ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।
टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।
-
8 months ago
चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा
-
8 months ago
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …
-
Comments