# Recent News
प्रधानमन्त्री केपी ओलीले बजेट कोरोना रोकथाम र उपचारमा केन्द्रित भएको बताएका छन्। उनले क्वारेन्टाइनमा राख्न आवश्यक जग्गा र रकम व्यवस्थापनमा सरकारले कुनै कजमोरी नगर्ने पनि बताएका छन् ।
बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले क्वारेन्टाइन व्यवस्थित बनाइने प्रतिवद्धता जनाएका हुन्।
उनले रोगविरुद्ध पूर्व तयारी नभएका कारण केही कमजोरी भएको भन्दै अहिले राम्रो तयारी भइरहेको बताए ।
यो सरकार र सत्ताधारी दलको र सरकारको मात्र विषय नभएकाले साझा पहल कोरोनाविरुद्ध लड्न आवश्यक रहेको उनको भनाइ छ ।
बजेटमा कोरोनालाई वेवास्ता नगरिएको भन्ने विषय सही नभएको उनको भनाइ छ । बजेट स्वास्थ्य र त्यसमा पनि कोरोना समाप्त पार्नेमा केन्द्रीत रहेको उनको भनाइ छ ।
Featured News
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments