Loading...
Logo
Image

गुण्डाहरुको आक्रमणबाट ८ प्रहरीको मृत्यु, ४ घाइते

भारत उत्तर प्रदेशको कानपुरमा टोले गुण्डाहरूसँग भएको मुठभेडमा सर्कल अफिसर (सीओ) सहित ८ जना प्रहरीको मृत्यु भएको छ ।

गुण्डाहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा ८ प्रहरी मारिएको एडीजी जय नारायण सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

आक्रमणमा परी अन्य ४ प्रहरी घाइते भएका छन् ।घटना कानपुरस्थित चौबेपुर थाना क्षेत्रको बिकरु गाउँको हो । विकास दुबे नाम गरेका गुण्डा नाइकेलाई पक्राउ गर्न प्रहरी टोली उक्त गाउँमा गएको थियो । यसै क्रममा गुण्डा नाइके विकास र उनका साथीहरूले प्रहरीमाथि गोली चलाएका थिए । 

मृत्यु हुनेमा सीओ बिल्हौर देवेन्द्र मिश्रा र एसओ शिवराजपुर महेश यादव पनि छन् । पछि प्रहरीको अर्को टोलीले दुबेलाई घरैबाट नियन्त्रणमा लिएको छ ।

Comments

KATHMANDU WEATHER